×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

चुनावका ८ रोचक दृश्यः पति-पत्नी फरक दलबाट जितेकोदेखि ११औं पटकमा हार व्यहोरेकोसम्म

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देशका अधिकांश स्थानीय तहको निर्वाचन मतपरिणाम आइसकेको छ । केही ठाउँमा मतगणना अझै जारी छ । 

Sagarmatha Cement
Muktinath Bank

हरेक वर्षको निर्वाचनका बेला रोचक दृश्यहरू हेर्न पाइन्छ । यस निर्वाचनमा पनि यस्तै रोचक दृश्यहरू देखिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै भाइलाई हराएर दाजु निर्वाचित भए भने कतै दाजुलाई हराएर भाइ । एउटै वडामा फरक पार्टीबाट श्रीमान–श्रीमती नै निर्वाचित भएका दृश्यदेखि २१ वर्षको उमेरमै गाउँपालिका हाँक्नेसम्म देखिए । 


Advertisment
Nabil box
Kumari

फरक पार्टीबाट जनप्रतिनिधि बनेका श्रीमान-श्रीमती

Vianet communication
Laxmi Bank

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फरक पार्टीबाट श्रीमान-श्रीमती वडा सदस्यमा निर्वाचित भएका छन् । 

उक्त गाउँपालिकाको वडा नम्बर ७ मा नेकपा एमालेबाट सन्दीप उपाध्याय र कांग्रेसबाट उनकी श्रीमती कमला उपाध्याय वडा सदस्यमा निर्वाचित भएका छन् । 

एमालेबाट खुला सदस्यमा सन्दीप ७५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर श्रेष्ठले ७१४ मत ल्याए ।

त्यसै गरी सन्दीपकी श्रीमती कमला पनि वडा नम्बर ७ बाटै महिला सदस्यमा विजयी भएकी छन् । नेपाली कांग्रेसबाट ७९२ मत ल्याएर उनी विजयी भएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कमलादेवी बोकटीले ७२३ मत ल्याइन् । 

भाइलाई हराउँदै वडाध्यक्षमा दाइ विजयी 

इलामको रोङ गाउँपालिकामा भाइलाई हराउँदै दाइ वडाध्यक्षमा विजयी भएका छन् । 

नेपाली कांग्रेसका मनोहरि खड्काले आफ्नै भाइ मनकुमार खड्कालाई १२२ मतको अन्तरले पराजित गरेका हुन् ।  

मनोहरिले ६१० मत ल्याएर वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

नेकपा एमालेबाट उम्मेदवार भएका भाइ मनले ४८८ मत मात्र ल्याए ।

बहिनी ज्वाइँलाई हराउने जेठान

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा आफ्नै बहिनी ज्वाइँलाई हराएर जेठान नगरप्रमुखमा निर्वाचित भएका छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४ हजार ६३ मतको अन्तरले ज्वाइँ मदनसुन्दर (जगुलु) श्रेष्ठलाई पराजित गरेका हुन् । 

सुरेन्द्रले १५ हजार ९८ मत ल्याएर विजयी भए । मदनसुन्दरले ११ हजार ३५ मत मात्रै ल्याउन सके । 

२०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजयी भएका मदनसुन्दर यसपटकको निर्वाचनमा भने आफ्नै जेठानसँग पराजित भए ।

११औं पटकमा भतिजसँग हारेका नरसिंह

लगातार १० पटक वडाध्यक्षमा चुनाव जितेका ललितपुरका नरसिंह व्यञ्जनकार ११औं पटकमा भतिजबाट पराजित भएका छन् । 

ललितपुर महानगरपालिका–१० को वडाध्यक्षमा उम्मेदवारी दिएका ८१ वर्षीय व्यञ्जनकारले ५४३ मत ल्याएर दोस्रो भए । 

कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन् ।

यसअघि नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्ष जितेका थिए । त्यस वर्ष  उनले कांग्रेसको समर्थनमा उम्मेदवार भएका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई पराजित गरेका थिए । 

नरसिंहले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेदवार बनेर जितेका हुन् ।

२०४९ सालमा उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो । त्यतिबेला अन्य कुनै पार्टीले वडाध्यक्षमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए । 

२०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट दिएन । त्यसपछि वडावासीले उनलाई स्वतन्त्र उम्मेदवार बनाए । त्यो चुनावमा नरसिंहबाहेक सबै उम्मेदवारको जमानत जफत भएको थियो । 

भाइहरू जिते, दाइहरू हारे !

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो  । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ३ र कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा दाजुभाइबीच प्रतिस्पर्धा भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जीत हात पारेका हुन्  । नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजाल ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । 

रिजालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजालले ५८१ मत प्राप्त गरे । विनोद प्रमोदका सहोदर दाजु हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रमोद नगरको निवर्तमान प्रवक्ता समेत हुन् ।

‘वडामा गरेका राम्रा कामहरूको मूल्यांकन गरेर जनताले फेरि पनि मलाई जिताउनुभयो । हामीले आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले दाजुभाइको सम्बन्धमा कुनै वैमनस्यता छैन,’ उनले भने ।

बाँकेकै कोहलपुर नगरपालिका–३ मा सहोदर दाजुभाइ माधव रिजाल र तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुँदा भाइ माधव निर्वाचित भएका छन् । 

एमालेबाट उम्मेदवार बनेका माधवले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारकेश्वरलाई ४०७ मतान्तरले पराजित गरी अध्यक्षमा चुनिएका छन् । १ हजार ३०७ मत प्राप्त गरी माधव विजयी हुँदा तारकेश्वरले ९०० मत प्राप्त गरेका छन् ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष तथा नगरका प्रवक्ता हुन् । निर्वाचित भएपछि माधवले भने,  ‘हामी दाजुभाइबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो, अहिले पनि भयो । मनमुटाव पहिले पनि थिएन, अहिले पनि भएन ।’

पार्टीले अगाडि सारेपछि दाजुभाइ प्रतिस्पर्धाबाट पछाडि हट्ने कुरा नहुने माधवको भनाइ छ । अघिल्लो निर्वाचनमा पनि तारकेश्वर भाइ माधवसँग ६५ मतले पराजित भएका थिए  । 

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा सहोदर दाजुभाइ विष्णु गिरी र नेत्र गिरीबीच प्रतिस्पर्धा हुँदा विष्णु निर्वाचित भएका हुन् । विष्णुले १ हजार ७५१ मत ल्याएर विजयी हुँदा नेत्रले जम्मा ६८५ मत मात्र ल्याउन सके । 

विष्णुका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार खड्काले १ हजार ३२० मत ल्याए । विष्णु एमालेबाट र नेत्र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिस्पर्धामा थिए । दाजुभाइबीच चुनावी प्रतिस्पर्धा हुँदा आमाले कुन छोरालाई भोट हाल्ने भनेर धर्मसंकटमा परेको बताएकी थिइन् । 

२१ वर्षमै गाउँपालिका अध्यक्ष

पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।

३ हजार ७४३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४२ वर्षीय अजय कुमारले ३ हजार ६२६ मत, नेकपा एमालेका राजेशकुमार चौरसिया १ हजार ३१७ मत ल्याएका छन् ।

काकालाई हराएर २२ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षका राजाबाबु यादव निर्वाचित भएका छन् । पढ्ने उमेरमै आफ्नै काकालाई हराएर उनी गाउँपालिकाको अध्यक्ष बन्न सफल भएका हुन् । 

माओवादी नेता तथा पूर्व सांसद शिवजी यादवका छोरा भएकै कारण उनले गाउँपालिकामा माओवादी केन्द्रबाट टिकट पाएका थिए । बुबाको राजनीतिक विरासतको फाइदा उनलाई पुगेको छ । ४ हजार ८१ मत ल्याएर उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । 

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी उनका आफ्नै काकासमेत रहेका नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका थिए  । त्यसै गरी स्वतन्त्रबाट के.एस. राहुल वर्माले १ हजार ४६९ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तमप्रसाद चौधरीले ९२१ मत र लोकतान्त्रिक समाजवादी पार्टीका मनिषकुमार मिश्रले ७५६ मत पाएका छन्  ।

पञ्चायतकालदेखि नहारेका गुमानसिंह

लमजुङको बेँसीशहर नगरपालिकामा एमालेले प्रमुख र उप्रमुख दुवै पदमा जितेको छ । एमालेका गुमानसिंह अर्याल प्रमुखमा र पदमा गुरूङ उपप्रमुखमा विजयी भएका हुन् । 

अर्यालले कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतको अन्तरले पराजित गरेका हुन् । अर्यालले ९ हजार ४७९ मत ल्याउँदा घिमिरेले ७ हजार ४७१ मत मात्रै पाएका थिए । 

बेँसीशहरमा कांग्रेस र माओवादी केन्द्रले एमालेविरूद्ध चुनावी तालमेल गरेका थिए । एमालेले गठबन्धनलाई पराजित गरेको हो  । 

अर्याल २०४३ सालमा पहिलो पटक बेँसीशहर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार बनेका अर्याल बेँसीशहर गाविसको प्रधानपञ्च थिए ।

२०५४ सालमा एमालेबाट उम्मेदवार बनेका उनी फेरि गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनलाई एमालेले २०७४ को स्थानीय निर्वाचनमा वेँशीसहर नगरपालिकाको मेयरको टिकट दिएको थियो । त्यसबेला पनि उनले ७ हजार ६२४ मत ल्याएर विजयी भएका थिए  । त्यसबेला कांग्रेस सभापतिसमेत रहेका भेषबहादुर पौडेल पराजित भएका थिए ।

अर्यालले २०५४ को निर्वाचनमा भेषबहादुरका बुबा तिलकबहादुर पौडेललाई पराजित गरेका थिए । बाबुछोरालाई हराएर बेँसीशहरको जनप्रतिनिधिमा निर्वाचित भएको भन्दै अर्यालले चर्चा बटुलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x