×

NMB BANK
NIC ASIA

‘उल्टो पैदल यात्रा’ गर्दै मुस्ताङ हिँडेका ऋषि तानसेनमा

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछाडि कालो झोला । सोही झोलामा नेपालको राष्ट्रिय झण्डा । 

Muktinath Bank

मिनरल वाटर राखेका । शिरमा रातो टोपी, आँखामा कालो चस्मा, गलामा रुद्राक्षको माला र खादा पहिरिएका । जब यी व्यक्ति उल्टो हिँडेको देख्थे, मानिसहरू झुम्मिन्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियो खिच्थे, फोटो खिच्थे, खादा लगाइदिन्थे । 


Advertisment
Nabil box
Kumari

बिहीवार दिउँसो उल्टो पैदल यात्री दाङका ३० वर्षीय ऋषि परियार पाल्पा सदरमुकाम तानसेनमा आउँदा देखिएको दृश्य हो यो ।

Vianet communication
Laxmi Bank

ऋषि ति व्यक्ति हुन् जसले केही साताअघि मात्रै ६२ दिन उल्टो हिँडेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा सकिसकेका थिए । 

उनै ऋषि यतिबेला भने मुस्ताङसम्मको उल्टो पैदल यात्रामा निस्किएका रहेछन् । सो क्रममा उनी बिहीबार बेलुका तानसेन आइपुगेका थिए ।

'बुटवलको पुष्पलाल चोकदेखि पैदलयात्रा शुरू गरेको हुँ,' तानसेन दरबार परिसरमा भेटिएका ऋषिले भने, 'अहिले तानसेन घुमिरहेको छु । यहाँबाट स्याङजा, पोखरा हुँदै मुस्ताङ पुग्नेछु ।'

बाटोमा उनलाई देख्नासाथ फूल मालाले स्वागत गर्नेहरू हुन्छन् । फोटो खिचाउन आउनेहरू उत्तिकै हुन्छन् । बुटवलदेखि तीन दिनमा तानसेन आइपुगेको बताउने उनी २५–२६ दिनमा मुस्ताङ पुग्ने अनुमान सुनाए ।

यसअघि उनी ‘हिँडौँ स्वस्थ रहौँ’ भन्ने नारा सहित सयौं किलोमिटर हिँडेर मेची महाकाली उल्टो पैदलयात्रा पुरा गरेका थिए । त्यसका साथै आफ्नो र देशको चिनारी बनाउने उद्धेश्यले पनि मेची महाकाली उल्टो पैदलयात्रा गरेको उनले सुनाए ।

‘मेची महाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि प्रक्रिया शुरू गरिसकेको छु । वर्ल्ड रेकर्ड राखेर नेपाललाई नै विश्वसामु चिनाउन चाहन्छु,’ उनले भने । यसपटक भने ‘पर्यटन प्रवर्द्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएको बताए । 

पर्यटन प्रवर्द्धनका साथै ‘हिँडौँ स्वस्थ रहौँ’ भन्ने सन्देश पनि रहने उनी बताउँछन् ।

‘हिँडेपछि स्वस्थ्य भइन्छ भन्ने कुरा सबैलाई थाहा छ । हिँडेर स्वस्थ्य बन्नका लागि फेरि उल्टै हिँड्नुपर्छ भन्ने मेरो भाव होइन,’ उनले लोकान्तरसँग भने,‘हामी सुल्टो हिँडौँ तर समयलाई मध्यनजर गरेर हिँडौँ । दिनमा केही समय पैदल हिँड्यौँ भने पनि स्वस्थ रहन सकिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x