२७ असार २०८३, शनिबार

काठमाडौंको 'कोर एरिया'मा बालेनलाई कति मत ? यस्तो छ अहिलेसम्मको अपडेट

काठमाडौंको 'कोर एरिया'मा बालेनलाई कति मत ? यस्तो छ अहिलेसम्मको अपडेट

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । 

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरिरहेका छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्छाइरहेका छन् । 

जारी मतगणनामा महानगरको 'कोर क्षेत्र' भनिएका वडाहरूमा स्वतन्त्र उम्मेदवार साह केही कमजोर देखिएका छन् । 

कोर क्षेत्रमध्ये पर्ने वढा नम्बर २५ मा कूल ३ सय मत गणना हुँदा साहको पक्षमा ३२ मात्रै मत खसेको छ । 

जबकी एमालेका स्थापितको पक्षमा ५६ मत खसेको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१ मत पाएकी छन् । 

यस्तै वडा न्बर २६ मा भने साह पहिलो नम्बरमा छन् । 

१ सय मत गणना हुँदा साहको पक्षमा ३८ मत परेको छ भने स्थापितलाई २० र सिंहलाई १४ मत परेको छ । 

यस्तै वडा नम्बर २७ मा एमालेका स्थापित दोब्बर मतले अगाडि छन् । 

सो वडामा कुल ९९२ मत गन्दा स्थापितको पक्षमा ४३८ मत परेको छ भने सिंहको पक्षमा ३१८ मत परेको छ । बालेन २२८ मतसहित पछि परेका छन् । 

२८ नम्बर वडामा मत गणना सकिसकेको छ । 

कुल २९९७ मत गणना हुँदा साह दोस्रो नम्बरमा छन् । 

सो वडामा स्थापितले ७४१ मत पाउँदा साहले ७१७ र सिंहले ७१० मत पाएका छन् । 

यस्तै वडा २९ मा भने साह अगाडि छन् । 

२९ नम्बर वडामा ४ हजार ३९२ मत गणना हुँदा साह र सिंहले १ हजार ५१० मत पाएका छन् भने स्थापितले १ हजार ११० मत पाएका छन् ।

वडा नम्बर ३० मा ४ हजार ९०१ मत गणना हुँदा साहले १ हजार ७०१ मत पाउँदा स्थापितले ७४९ र सिंहले १ हजार १९ मत पाएका छन् । 

वडा नम्बर ३१ र ३२ मा भने बालेन अगाडि देखिन्छन् । 

वडा नम्‍बर ३१ मा साहले कुल ८६६५ मतमा ३ हजार २४९ मत पाएका छन् भने स्थापितले १ हजार ७१६ र सिंहले १ हजार ८५४ मत पाएका छन् । 

यस्तै वडा नम्बर ३२ मा १२ हजार १५ मत गणना हुँदा साहले ५ हजार ४४० र स्थापितले २ हजार ४७५ मत पाएका छन् । सिंहले १ हजार ९९५ मत पाएकी छन् । 

कमेन्ट गर्नुहोस्