
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच कडा टक्कर देखिएको छ ।
तिलोत्तमामा एमालेबाट नगर प्रमुखमा मोहन चापागार्इं र गठबन्धनबाट कांग्रेसका रामकृष्ण खाँण उम्मेदवार छन् ।
रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।
पछिल्लो मतपरिणाम अनुसार चापागाईंले अग्रता लिएका छन् । भने खाँणले पच्छाइरहेका छन् ।
चापागाईंले ६ हजार ७५० मतका साथ अग्रता लिँदा खाणले ६ हजार ५५६ मतका साथ पच्छाइरहेका छन् ।
अहिलेसम्म मतगणना हुँदा कतिबेला खाँणले अग्रता लिन्छन् भने कतिबेला चापागाईले लिने गरेका छन् ।
तिलोत्तमा गृहमन्त्रीको गृहनगर समेत भएकाले यहाँको मत परिणामलाई सबै क्षेत्रबाट चासोका साथ हेरिएको छ ।
यस्तै, उपप्रमुखमा पनि एमालेकी उमेदवार जागेश्वरीदेवी चौधरी अगाडि छन् ।
उनले ६ हजार ४८० मत ल्याएकी छन् भने माओवादी केन्द्रका हेमन्त पाण्डेले ३ हजार ८८ मत ल्याएका छन् ।
पालिकामा मतगणनामा विवाद हुँदा दुई दिन रोकिएको थियो । अहिलेसम्म १७ हजार ३० मतगणना भएको छ ।