०७ साउन २०८३, बिहीबार
स्थानीय तह निर्वाचन

कोर एरियामा केशव स्थापित अगाडि, कति ल्याए मत ?

कोर एरियामा केशव स्थापित अगाडि, कति ल्याए मत ?

काठमाडौं महानगरपालिकाको २ वटा वडामा नेकपा एमालेका केशव स्थापित अगाडि आएका छन् ।

गत शनिवारदेखि जारी महानगरपालिकाको मतगणनामा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् ।

आज (शुक्रवार) दिउँसो साढे ४ बजेसम्म बलेन स्थापित भन्दा साढे १३ हजार मतले अगाडि छन् । तर काठमाडौंको कोर एरिया मानिएको वडा नम्बर २५ र वडा नम्बर २८ मा स्थापित बालेनभन्दा अगाडि देखिएका छन् ।

२५ नम्बर वडामा केशव ५ सय मतगणना हुँदा स्थापितको १२९ मत पाएका छन् भने बालेनले ७० र सिर्जनाले ६९ मत पाएका छन् । 

यस्तै वडा नम्बर २८ मा २९९७ मत गणना हुँदा स्थापितले ७४१, बालेनले ७१७ र सिर्जनाले ७१० मत पाएकी छन् । अन्य वडाहरूमा स्थापित र सिर्जना भन्दा बालेन नै अगाडि छन् । 

७८ हजार ३६० मतगणना गर्दा बालेनको २९ हजार ५८२, केशवको १५ हजार ९२१ र सिर्जनाको १५ हजार १० भोट ल्याएका छन् ।
 

कमेन्ट गर्नुहोस्