
तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम नै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी ४ सय ४३ मतले पछि परेका छन् ।
२६ हजार ३१७ मत गन्दा काँग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले १० हजार ८१५ मत पाउँदा जोशीले १० हजार ३७२ मत पाएका छन् ।
व्यास नगरपालिकामा कुल ३० हजार २४७ मत खसेको थियो ।