२५ असार २०८३, बिहीबार

गठबन्धन बैठकः चुनावी समीक्षा भएन, नीति तथा कार्यक्रममाथि मात्रै छलफल

गठबन्धन बैठकः चुनावी समीक्षा भएन, नीति तथा कार्यक्रममाथि मात्रै छलफल
फाइल तस्वीर।

सत्ता गठबन्धनले स्थानीय निर्वाचनबारेको समीक्षा सबै ठाउँको नतिजा आइसकेपछि मात्रै गर्ने भएको छ । 

बालुवाटारमा आइतवार भएको सत्ता गठबन्धनको बैठकमा निर्वाचन समीक्षा गर्ने भनिए पनि सो विषयमा छलफल भएन । 

बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । दलका नेताहरूले सो विषयमा सुझाव दिएका थिए । 

 ‘नीति तथा कार्यक्रममाथि छलफल गर्ने एजेन्डा थियो, त्यही विषयमा छलफल भयो,’ एक नेताले भने । 

वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो ।

बजेटअघि जेठ १० गते संसदका सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत गठबन्धनका नेताहरू सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्