असार १६, २०७९
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...
पाल्पा | जेठ ९, २०७९
पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार राधाकुमारी श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने वडा नं. २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
१० वटा स्थानीय तह रहेको पाल्पामा अन्य ९ वटाको अन्तिम मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।
रम्भामा भने मतगणनाको क्रममा विवाद हुँदा केही दिन गणना स्थगित भएको थियो । १७ हजार ६ सय ६३ मतदाता रहेको रम्भामा ११ हजार ४ सय ५४ मत खसेको थियो ।
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– ०००० सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसल...
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...
पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...