०२ साउन २०८३, शनिबार

रम्भा गाउँपालिकामा एमाले विजयी, अध्यक्ष र उपाध्यक्षमा दोहोरिए पूरानै जनप्रतिनिधि

रम्भा गाउँपालिकामा एमाले विजयी, अध्यक्ष र उपाध्यक्षमा दोहोरिए पूरानै जनप्रतिनिधि

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । 

गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार राधाकुमारी श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत पाए ।    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने वडा नं. २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

१० वटा स्थानीय तह रहेको पाल्पामा अन्य ९ वटाको अन्तिम मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

रम्भामा भने मतगणनाको क्रममा विवाद हुँदा केही दिन गणना स्थगित भएको थियो । १७ हजार ६ सय ६३ मतदाता रहेको रम्भामा ११ हजार ४ सय ५४ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्