
तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ ।
उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९४० मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर १ हजार ९५४ छ ।
उपमेयरमा एमालेकी स्यानी चौधरी २० हजार ३३१ मतसहित अगाडि छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १४ हजार २३ मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर ६ हजार ३०८ छ ।