०२ साउन २०८३, शनिबार

नेत्र अर्यालको ‘फोटो मायाको’ सार्वजनिक

नेत्र अर्यालको ‘फोटो मायाको’ सार्वजनिक

गीतकार नेत्र अर्यालको प्रस्तुतिमा ‘फोटो मायाको’ बोलको गीत सार्वजनिक भएको छ । 

प्रेम विरहको यस गीतमा सुनिता बुढा क्षेत्री र सन्तोष क्षेत्रीले स्वर दिएका छन् । 

नेत्रको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । 

गीतकार नेत्रले लेखेका थुप्रै गीतलाई स्रोता, दर्शकले निकै रुचाएको पाइन्छ । ‘सोँचेझै जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’, ‘रमरम मरौटी’, ‘सुर्ती माड्दै माड्दै गयो जोवन’, ‘दुई दुना चार’ जस्ता उनले लेखेका ९ वटा गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । 

हालै सार्वजनिक ‘फोटो मायाको’ गीतको भिडियो विनोद भण्डारीको निर्देशनमा तयार भएको हो । भिडियोमा नारायणी खत्री र अमित सुनारको अभिनय छ । भिडियोकी मोडल नारायणीको ‘शिरफूल शिरको’ गीत यतिबेला चर्चाको शिखरमै छ । 

नवराज उप्रेतीको छायांकन रहेको ‘फोटो मायाको’गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । 

नेत्रका थुप्रै गीत हिट रहे पनि उनले आफ्नै युट्युब च्यानलबाट भने सीमित गीतहरू मात्र सार्वजनिक गरेका छन् । यो गीत उनले आफ्नै ‘नेत्र अर्याल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीत हेरेका, सुनेका स्रोता एवं दर्शकले राम्रो प्रतिक्रिया दिएको बताउँदै नेत्र भन्छन्, ‘भिडियोको भ्युज पनि विस्तारै बढ्दै जानेछ ।’

भिडियो

salt training

कमेन्ट गर्नुहोस्