०५ साउन २०८३, मंगलबार

संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान

संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान

महालक्ष्मी विकास बैंकले २८ औँ वार्षिकोत्सवको अवसरमा  संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिनन्दन गरेका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको बताए । 

२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।  एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्