×

Dabur
Nic Asia
Marvel

मेयरमा जीत नजिक पुगेका धनराजको घोषणा- पोखरालाई पर्यटकीय राजधानी बनाउँछौंँ

काठमाडाैं | जेठ १०, २०७९

TVS INSIDE

पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । 

morang Auto yamaha

सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का आचार्यले ५ हजार मत गणना बाँकी छँदै विजय सुनिश्चित गरेपछि यस्तो घोषणा गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनले शपथ ग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधिभित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा पनि गरेका छन् । उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । 

‘हामी सबै निर्णयहरू भरसक सर्वसम्मत गर्नेछौँ । स्वार्थबिना निर्णय गर्छौं, जसले सर्वसम्मत हुनेछ,’ उनले भने, ‘म विगत ३७ वर्षदेखि पोखरेली राजनीतिमा काम गरेको छु । हाम्रो पार्टी नयाँ भए पनि २००६ सालदेखिकै लिगेसी बोकेको छ,’ उनले भने, ‘गठबन्धनमा रहेका पाँचै दलहरूको सरसल्लाह लिनका लागि संयन्त्र पनि बनाउनेछौँ । साथै पोखरामा रहेका सबै विज्ञहरूलाई राखेर एउटा थिंक ट्याङ्क पनि बनाउनेछौँ ।’

Vianet communication
Maruti inside

यस्तै उनले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने पनि बताए । 

पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गरे ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षी...

असार १६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् ।  बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...

असार १६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...

असार १६, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...

असार १६, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...

असार १६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x