असार १६, २०७९
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
काठमाडाैं | जेठ १०, २०७९
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् ।
महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको प्यानल नेकपा एमालेसँग प्रतिस्पर्धा गरेको थियो ।
ती सबै वडामा प्रायः कांग्रेसले वडाध्यक्षमा जितेको छ । तर, सदस्य पदका माओवादी उम्मेदवार भने पराजित भएका छन् ।
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित वडा ६, ८, १४, १५, १६, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २९, ३०, ३१ र ३३ नम्बरमा गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरेको हो ।
प्रमुखमा एकीकृत समाजवादी र उपमेयर तथा वडाध्यक्षहरू कांग्रेसको भागमा परेको थियो । वडा सदस्यहरू माओवादीको भागमा पर्ने गरी चुनावी तालमेल भएको थियो ।
गठबन्धनबाट कांग्रेसले जितेका प्रायः वडामा सदस्यमा भने धेरै नेकपा एमाले र केही एकीकृत समाजवादीका उम्मेदवार उच्च मतान्तरले विजयी भएका छन् । त्यही माओवादीका उम्मेदवारहरूले पराजय भोग्नु पर्यो । यससँगै अब बन्ने पोखरा महानगरपालिका नगरपरिषद्मा नेकपा एमालेको बहुमत पुगेको छ ।
यससँगै माओवादी कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन् ।
गण्डकी प्रदेश सांसद माओवादी नेता दीपक कोइरालाले भने कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण यस्तो भएको बताए । ‘पूर्वाग्रह होइन बरु कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण माओवादीको यस्तो नतिजा आएको हुन सक्छ,’ उनले लोकान्तरसँग भने ।
पोखरा महानगरपालिका मतगणना करीब–करीब सम्पन्न भएको छ । ३३ मध्ये बाँकी रहेका ३ वटा वडाको मतगणना जारी छ ।
मतगणना सम्पन्न भएका ३० वटा वडामध्ये कांग्रेसले २२ वटामा वडाध्यक्ष र एमालेले ८ वटाको वडाध्यक्ष जीतेको छ ।
अहिले मत गणना जारी रहेका वडामा पनि एउटा वडामा एमालेको अग्रता छ । अरुमा कांंग्रेसको अध्यक्षमा अग्रता भए पनि सदस्यमा एमालेकै अग्रता छ । नगरपरिषद्मा उपप्रमुखसहित १९ जना एमाले र २२ जना कांग्रेससहितको गठबन्धन सदस्य आउने लगभग पक्का भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...
नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् । बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग हुने तयारीमा रहेका छन् । स्रोतका अनुसार संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसके...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...