
भारतको पञ्जाबमा आमआदमी पार्टी (आप) सरकारमा स्वास्थ्यमन्त्री डा. विजय सिंगलालाई मन्त्रिपरिषद्बाट बर्खास्त गरिएको छ । उनी मन्त्री भएको सवा २ महिनामै बर्खास्त भएका हुन् ।
गलाले स्वास्थ्य विभागमा हरेक काम र टेन्डरको बदलामा १ प्रतिशत कमिशन माग गरेको भन्दै उनलाई बर्खास्त गरिएको हो ।
Proud of you Bhagwant. Ur action has brought tears to my eyes.
Whole nation today feels proud of AAP https://t.co/glg6LxXqgs
यसको गुनासो मुख्यमन्त्री भगवन्त मानसम्म पुगेको थियो । उनले गोप्य रूपमा यसको अनुसन्धान गराउन लगाएका थिए । त्यसपछि अधिकारीलाई सोधपुछ गरेपछि मन्त्री सिंगलालाई बोलाइयो । उनले गल्ती स्वीकार गरेपछि बर्खास्त गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साथै मन्त्रीविरुद्ध मुद्दा दर्ता गरिएपछि पञ्जाब प्रहरीको भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको छ ।
आम आदमी पार्टी का जन्म ईमानदार सिस्टम कायम करने के लिए हुआ है...@ArvindKejriwal जी ने हमेशा कहा है कि भ्रष्टाचार को बर्दाश्त नहीं करेंगे चाहे कोई अपना हो या बेगाना
स्वास्थ्य मंत्री के खिलाफ भ्रष्टाचार के सबूत मिलते ही तुरंत बर्खास्त किया...साथ ही FIR के आदेश दिए pic.twitter.com/0g9nqGteHb— Bhagwant Mann (@BhagwantMann) May 24, 2022