०५ साउन २०८३, मंगलबार

नबिल बैंक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सुचीमा सूचीकृत

नबिल बैंक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सुचीमा सूचीकृत

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्ल्युसिभ लीन तालिकामा सुचीकृत भएको छ । 

बैंकका अनुसार आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आईजे ग्लोबल तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

बैंकले भनेको छ, 'यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन ४–एसबी ग्लोबल सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक) शीर्ष २० औमा पर्न सफल भएको छ । 
लीग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।'

नबिल बैंकले १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ्ग सेवा गर्दै आएको छ। 

salt training

कमेन्ट गर्नुहोस्