०६ साउन २०८३, बुधबार

बजेट आउने साताको अन्तिम दिन १५ अंकले घट्यो शेयर बजार

बजेट आउने साताको अन्तिम दिन १५ अंकले घट्यो शेयर बजार

आगामी आर्थिक वर्षको बजेट आउने साताको अन्तिम दिनको कारोबारमा शेयर बजार १५.८२ अंकले घटेको छ । 

चुनावी परिणाम करीब सकिएको र आगामी आर्थिक वर्षको बजेट तयारी भइरहँदा शुक्रवार भएको शेयर कारोबार ०.७१ प्रतिशतले घटेर २२२३.७८ बिन्दुमा झरेको छ । 

बजार घटेको दिन नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२३ वटाको ४१ लाख ४० हजार कित्ता शेयरको २१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा १ अर्ब २९ करोड रूपैयाँको मात्रै कारोबार भएको छ । 

आज सबैभन्दा बढी कमाउनेमा रुरु जलविद्युत् कम्पनीको ६.१३ प्रतिशत छ । आज नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था, युनाइटेड आईडीआई मार्दी हाइड्रोपावरसहितको कम्पनीको शेयर मूल्य ५.३१ प्रतिशतसम्मले बढेको छ । 

बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा भने दिव्यश्वरी हाइड्रोपावर रहेको छ । यसको शेयर मूल्य आज ३.७५ प्रतिशतले घटेको छ । 

हिमाल दोलखा हाइड्रोपावर, कर्णाली विकास बैंक, माथिल्लो तामाकोशी, लिबर्टी इनर्जीसहितका कम्पनीको शेयर मूल्य भने ३.७४ प्रतिशतसम्मले घटेको छ । 

आज प्रभु बैंकको सबैभन्दा बढी रकम १७ करोड ६० लाख रूपैयाँको शेयर कारोबार भएको छ । यसको आज ८ लाख ८० हजार कित्ता शेयरको कारोबार भएको पनि नेप्सेमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्