०१ साउन २०८३, शुक्रबार

कुमारी बैंकले ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र जारी गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक

कुमारी बैंकले ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र जारी गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक

कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको  ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।  

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य १ हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् । 

नेपाली वित्तीय क्षेत्रमा हालसम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्