
शेयर बजारको मापक नेप्से परिसूचक लगातार खटिरहेको छ ।
मंगलवार नेप्से एकैदिन ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । आज बजार २.२१ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयरको २८ हजार ९५९ पटक कारोवार भएको छ ।
यसबाट १ अर्ब ३१ करोड रुपैयाँको कारोवार भएको छ ।
आज बजार घटेको दिन सबैभन्दा बढी हिमालयन बैंकको शेयर मूल्य घटेको छ । यसका लगानीकर्ताले ९.९७ प्रतिशतले गुमाएका छन् ।
सपोर्ट माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तसहितका लगानीकर्ताले ५.९९ प्रतिशतसम्मले गुमाएका छ ।
बजार घटेको दिन पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ ।
आज कमाउनेमा बलेफी हाइड्रोपावर पनि रहेको छ । यसका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् ।
आज माउन्टेन हाइड्रो पावर, नारायणी डेपलपमेन्ट बैंकसहिका लगानीकर्ताले पनि ३.८२ प्रतिशतसम्मले कमाएका छन् ।