०८ साउन २०८३, शुक्रबार

नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

नेपाल बैंकले 'आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता' नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ । 

बैंकको प्रधान कार्यालय काठमाडाैंमा मंगलवार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका बिभिन्न बिभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थितिमा उक्त पुस्तिका विमोचन गरिएको थियो ।

बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरूको समेत भर्चुअल रुपमा उपस्थिति रहेको थियो । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारिताबाट नै आर्थिक समृद्धि हुन सक्ने विचार व्यक्त गरे । 

सहायक प्रमुख कार्यकारी अधिकृत खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको बताउँदै यस पुस्तिकाले वित्तीय साक्षरता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख कँडेलले वित्तीय साक्षरता वित्तीय समाबेशिकरणको महत्वपूर्ण  आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्