१७ असार २०८३, बुधबार

गुरु ट्राभल्स्ले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी कार्यका लागि विधि कम्पनीसँग सहकार्य गर्ने

गुरु ट्राभल्स्ले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी कार्यका लागि विधि कम्पनीसँग सहकार्य गर्ने

नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी सहकार्यको लागि विधि प्रालिसँग सम्झौता गरेको छ । 

बुधवार भएको ब्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्स लि.का प्रमुख कार्यकारी अधिकृत नवराज धरेल एवम् विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा दुबै कम्पनीहरुले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवद्र्धनको लागि सहकार्य गर्ने प्रयोजन राखिएको छ । जसमा विधिले प्रविधि पार्टनर र गुरु ट्राभल्स्ले ट्राभल पार्टनरका रुपमा एक अर्कालाई प्रबद्र्धन गर्दे अगाडि बढ्ने र ग्राहकलाई सेवा प्रदान गर्नेछन् ।

गुरु ट्राभल्स्ले विश्वभ्रमण जस्ता आउटबाउण्ड् पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड् पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्नेछ ।

गुरु ट्राभल्सले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात गरेको छ । पर्यटन नै देश विकासको मुख्य आधार मान्ने यस संस्थाले पर्यटन प्रवद्र्धनका विशेष प्याकेज अगाडि सारेको छ । विधि प्रा.लि. ले सोको प्रयोजनमा सिस्टम सफ्टवेयरहरु उपलब्ध गराउने छ ।

एक समारोहका बीच गुरु ट्राभल्स्को सम्पर्क कार्यालयमा भएको सम्झौतापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने विश्वास गर्ने बताए । उता विधि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गुरु ट्राभल्स्का ट्राभल्स सम्बन्धी गतिविधिलाई विश्वभर नै फैलाउन आफू लागिपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्