२२ असार २०८३, सोमबार

‘जी–बब’को ‘फाइनल्ली भेटियो’ गीतलाई लोभलाग्दो भ्युज [भिडियोसहित]

‘जी–बब’को ‘फाइनल्ली भेटियो’ गीतलाई लोभलाग्दो भ्युज [भिडियोसहित]

पछिल्लो समयका चल्तिका र्‍यापर ‘जी–बब’को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरिएको छ ।

बुधबार बेलुकी राजधानीको ठमेलको एक कार्यक्रमकाबीच सार्वजनिक सार्वजनिक गीतले भ्युज राम्रो पाइरहेको छ । 

‘जी–बब’ले नै तयार पारेको यो गीतको भिडियोमा उनी स्वयंम् प्रस्तुत छ । 

माइकल चन्दको निर्देशनमा तयार भिडियोमा ‘जी–बब’सँगै नायिका सारा श्रीपाइली र मोडल डेलविसले अभिनय गरेका छन् ।

भिडियोलाई निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । अपहरणमा परेका ‘जी–बब’लाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ । 

‘ट्री इन्टरटेन्मेन्ट’ले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।

भिडियोलाई सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।

२४ घण्टा नपुग्दै भिडियोलाई ३ लाख ५० हजार बढी पटक हेरिसकिएको छ ।

एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका ‘जी–बब’ले यसअघि चलचित्र ‘ए मेरो हजुर ४’का लागि गीत गाएका थिए ।

‘फाइनल्ली भेटियो’ जी–बबको पहिलो अफिसियल भिडियो हो । युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका ‘जी–बब’को वास्तविक नाम भने सुदीप भण्डारी हो ।

भिडियो

 

 

salt training

कमेन्ट गर्नुहोस्