२८ असार २०८३, आइतबार

यी महिलाले आफैंसँग गरिन् विवाह !

जेठ २६, २०७९
यी महिलाले आफैंसँग गरिन् विवाह !

भारतको गुजरातमा बस्ने क्षमा बिन्दुले आफैंसँग विवाह गरेकी छन् । 

बुधवार उनले आफैंलाई सिन्दूर लगाएर विवाह गरेकी हुन् । 

यस्तो विवाहलाई सोलोगेमी भनिन्छ । 

हिन्दू धर्ममा यस्तो किसिमको विवाहको प्रावधान नभएकाले क्षमाको कदम विवादित बनेको छ । उनलाई मन्दिरमा विवाह गर्न नदिने चेतावनी पनि दिइएको थियो । 

त्यसपछि उनले घरमै हिन्दू रीतिरिवाजका साथ विवाह गरेकी थिइन् । यस विवाहमा दुलाहा र जन्ती थिएनन् । अनि विवाह गराउने पण्डित पनि थिएनन् । 

विवाह समारोहमा क्षमाका परिवारका सदस्य र नजिकैका साथीहरू उपस्थित थिए । 

भारतमा पहिलोपटक यस्तो विवाह गरिएको हो । 

क्षमालाई अविवाहित रहन मन थियो तर परम्पराको निर्वाहका लागि उनले आफूसँगै विवाह गर्ने निर्णय लिइन् । 

एक निजी कम्पनीमा जागिर खाने क्षमाका मातापिता उदारवादी छन् । उनीहरूले छोरीलाई इच्छा पूरा गर्न दिए ।

विवाहपछि हनीमूनका लागि क्षमा दुई हप्ता गोवा जानेछिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्