
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्याण्डर्डको फ्ल्यागशिप शोरुम खोलेको छ ।
कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंजको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
शोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’
नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्विसिंग र फ्री कन्ज्युमेबल्स पाउनेछन् ।
पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ ।
नेपालमा फक्सवागनका १० भन्दा बढी शोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।