०६ साउन २०८३, बुधबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरले  केन्द्रीय कार्यालयको शौचालय सार्वजनिक प्रयोगका लागि दिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले  केन्द्रीय कार्यालयको शौचालय सार्वजनिक प्रयोगका लागि दिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले  कमलादी, काठमाडांै स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो।

सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ ।

काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्