२३ असार २०८३, मंगलबार

कला , संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा हास्य-व्यङ्ग्य कलाकार  गौतम

कला , संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा हास्य-व्यङ्ग्य कलाकार  गौतम

राष्ट्रिय युवा परिषद अन्तर्गत रहने कला , संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा हास्य-व्यङ्ग्य कलाकार सुवोध गौतम चयन भएका छन्। सोमबार सानोठिमी स्थित युवा परिषदमा भेला भएका विभिन्न क्षेत्रका युवा कलाकारहरुले गौतमलाई चयन गरेका हुन्।

सञ्जालको उपाध्यक्षमा सन्ध्या सानु र दावा लामा , सचिवमा विपिन किरण , सहसचिवमा राजकुमार हुमागाईं , कोषाध्यक्ष आशा लामा , सह-कोषाध्यक्ष सुशील ठकुरी र प्रवक्तामा नयन सोडारी चयन भएका छन्। कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा कलाकारहरुको सञ्जालले युवा सहभागिता , परिचालन र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने वताए । कार्यक्रममा परिषदका प्रशासकीय  प्रमुख रमाकान्त शर्मा ,  उपसचिव चन्द्र थापा लगायतको उपस्थिति थियोे।

salt training

कमेन्ट गर्नुहोस्