×

NMB BANK
NIC ASIA

मारमा सर्वसाधारण

उपभोक्तामाथि खुलेआम लुट– पम्पहरूलाई निगमले नै दिन्छ मूल्य बढ्ने पूर्वसूचना !

असार ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘असार ५ गते अपराह्नपछि अधिकांश निजी पेट्रोल पम्प बन्द थिए । साझा, आर्मी र प्रहरीका पम्पहरूमा लामो लाइन थियो । पम्पको स्टक विवरणको फोटो खिच्दा एउटा पम्पवालाले मलाई कुटौंला जस्तो गर्‍यो । पम्पमा इन्धन भएर पनि कृत्रिम अभाव गरेको शंका भएर अनुसन्धान कारवाही गर्न केही नियामक निकायमा अनुगमनका लागि अनुरोध गरें, तर एकले अर्कोलाई देखाएर पन्छाए । ६ गते बिहान अधिकांश पम्प खुला छन् । तर पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि भएको रहेछ ।​ पम्पवालाले एउटै रातमा राज्यको संरक्षणमा कति लुटे लुटे । लुटतन्त्रको पराकाष्टा ।’  

Muktinath Bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले सामाजिक सञ्जालमा केही तस्वीरसहित यो स्टाटस शेयर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने पूर्वजानकारी पाएसँगै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोलपम्पहरूले आइतवार दिउँसै सटर बन्द गरेका थिए । जसको कारण थियो, सस्तोमा किनेको तेल मूल्य बढेपछि मात्रै बेच्ने । 


Advertisment
Nabil box
Kumari

नभन्दै आइतवार मध्यरातमा निगमले एकाएक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्‍यो ।

Vianet communication
Laxmi Bank

निगमले आइतवार मध्यरातमा पेट्रोलको मूल्यमा २१ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलको मूल्यमा २७ रुपैयाँ प्रतिलिटर बढाएको छ । सोमवार बिहानै पम्पहरू सदाझैँ खुले । 

निगम र व्यापारीको मिलेमतोमा राज्यमाथि लुट मच्चाइएको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । 

उपभोक्ता अधिकारकर्मीहरूले राज्य र जनता लुट्नका लागि निगमले व्यापारीलाई नै सटर बन्द गर्न र बढेको भाउमा तेल बेच्न सघाएको आरोप लगाएका छन् । 

निगमले नै दिन्छ पूर्वसूचना !

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्तालाई थप नोक्सानी नहोस् भन्ने हिसाबले निगमले प्रायः मध्यरातिदेखि लागू हुने गरी मूल्यवृद्धि गर्दै आएको छ । यसको अर्थ हो, मध्यरातसम्म निर्वाध रूपमा पेट्रोलियम पदार्थको पुरानै मूल्यमा बिक्री गर्नुपर्दछ । यसले उपभोक्तालाई आतंकित नपार्ने र धेरै हानी पनि नहुने बुझाइ छ । 

तर पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै जाँदा पेट्रोल पम्पहरूले उपभोक्तालाई सास्ती हुने गरी मूल्य बढ्नु अगाडिका केही समय पम्प नै खोल्दैनन् । 

यसको एक कारण, निगमले नै पम्पहरूलाई मूल्यवृद्धि गर्ने पूर्व सूचना दिने गरेको छ । भारतको इन्डियन आयल निगमले हरेक १ र १६ तारिखका दिन नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । 

यता नेपाल आयल निगमले सोही मूल्यसूची अनुसार आफ्नो नाफाघाटाको विवरण सोही दिन अर्थात् १ र १६ तारिखमा नै सार्वजनिक गर्दछ । यस्तै यसको केही दिनमा नै मूल्यवृद्धि गर्ने गर्दै आएको छ ।

निगमले यसरी नाफाघाटासहितको विवरण अगाडि सार्वजनिक गर्दा व्यापारीले मूल्य बढ्ने आकलन गर्दै सहजै पेट्रोलियम पदार्थको बिक्रीमा खेलबाड गर्ने गरेको निगमकै पदाधिकारीहरू बताउँछन् ।

आयल निगमले गत असार २ गते भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी प्रेस रिलिज सार्वजनिक गर्दै गराएको थियो । 

भारतबाट पेट्रोलमा प्रति लिटर ६.५२ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १९ रुपैयाँ ३ पैसा बढेर आएको निगमले जनाएको थियो ।

निगमले सो जानकारी गराएसँगै बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने सहजै आकलन गरिएको थियो । 

सोही आकलनअनुसार व्यापारीहरूले पेट्रोलियम पदार्थको बिक्री कम गर्दै गएको व्यापारीहरू नै स्वीकार्छन्  ।  तर आइतवार एकाएक पम्पहरू बन्द हुनु शंकास्पद छ ।

आयल निगमको विगतको तथ्यांकअनुसार सार्वजनिक बिदाको भोलिपल्ट आइतवार औसत ३ हजार ४ सय १४ किलोलिटर पेट्रोल र ७ हजार ७४७ किलोलिटर डिजेल बिक्री हुने गरेको देखिन्छ ।

यस हिसाबअनुसार दैनिक ३४ लाख १४ हजार लिटर पेट्रोल निगमले बिक्री गर्छ । 

जसमा आइतबार राति बढेको मूल्यले देशभरका १४ सय पम्पहरूलाई पेट्रोलमा मात्रै ७ करोड १६ लाख रुपैयाँ प्रत्यक्ष लाभ हुन्छ । 

निगमका एक अधिकारीले भने, ‘कतिपय अवस्थामा निगमले नै व्यवसायीलाई मूल्य बढ्दैछ, पेट्रोलियम पदार्थ कम बेच्नु भन्ने गरिएको छ, यो अनौपचारिक नै हुन्छ । यसो गर्दा निगमलाई फाइदा हुन्छ भन्ने हिसाब गरिन्छ ।’

यस्तै ७७ लाख ४७ हजार लिटर डिजेल खरिद गरेका पम्पहरूलाई एकै दिन लिटरमा २७ रुपैयाँले मूल्य बढाइदिए पछि २० करोड ९१ लाख रुपैयाँ लाभ मिल्ने व्यवसायीहरूकै लेखाजोखा छ ।

यता थानकोट स्थित डिपो प्रमुख शैलेन्द्र भुसालले स्वभाविक रूपमा आइतवार पेट्रोलियम पदार्थ कम उठ्ने गरेको बताउँछन् । 

उनले मूल्य बढ्ने अवस्थामा व्यवसायीले बढी उठाउनु स्वाभाविक भएको बताए । 

काठमाडौंभित्रका कतिपय पम्पहरूको स्टोरेज क्षमता कम हुने कारणले पनि उनीहरूले भने धेरै उठाउन पाउँदैनन् । उनीहरूको क्षमता न्यूनतम ३ वा ४ हजार लिटर मात्रै हो । 

निगम बोल्छ– व्यापारीकै बोली !

उपभोक्ता मूल्यवृद्धिबाट आजित बनिरहेका बेला नेपाल आयल निगम भने यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछ ।

व्यापारी र निगमको मिलेमतो भयो भन्ने सुनिन्छ भन्ने प्रश्नमा निगमका अधिकारीहरू गोलमटोल जवाफ फर्काउँछन् ।

निगमका एक अधिकारीले भने, ‘कतिपय अवस्थामा निगमले नै व्यवसायीलाई मूल्य बढ्दैछ, पेट्रोलियम पदार्थ कम बेच्नु भन्ने गरिएको छ, यो अनौपचारिक नै हुन्छ । यसो गर्दा निगमलाई फाइदा हुन्छ भन्ने हिसाब गरिन्छ ।’

उपभोक्तामाथि त खेलबाड भयो नि भन्ने प्रश्नमा ती अधिकारी भन्छन्, ‘मूल्य घटेको अवस्थामा उपभोक्तालाई केही फाइदा पनि त हुन जान्छ, यसलाई सहज हिसाबले नै बुझ्नुपर्छ ।’

सचिव भन्छन्– बाध्यताले मूल्य बढाइयो, आवश्यक अनुगमन गरिरहेका छौँ 

उद्योग मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद पाण्डेले बाध्य भएर मूल्यवृद्धि गरिएको दाबी गरे । 

रुस–युक्रेन युद्धका कारण बिग्रिएको विश्व आपूर्ति श्रृंखलाको ‘छिटफुट’ असर नेपालमा पनि परेको भन्दै सचिव पाण्डेले सरकारले बाध्य भएर मूल्यवृद्धि गरेको सोमवार साँझ पत्रकारहरूसँग बताए । 

उनले आफूहरूले आवश्यकता अनुसार अनुगमन गर्ने गरेको समेत सुनाए । तर व्यवसायीसँगको मिलेमतोबारे भने बोलेनन् । 

उनले भने, ‘हामीले सरकारसहितका सम्बद्ध सबै पक्षसँग छलफल गरेर मूल्य बढाएका हौं, यो बाध्यात्मक परिस्थिति हो ।’ 

जति मूल्य बढाए पनि घाटैघाटामा !

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी आइतवारको मूल्यवृद्धि पछि पनि निगमलाई अझै महिनामा ५ अर्ब रुपैयाँ हाराहारी घाटामा रहेको दाबी गर्छन् ।

पटक–पटकको मूल्यवृद्धिले पनि घाटा थेग्न नसकेको निगमको जिकिर छ । 

उनका अनुसार, अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धिका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिन्डरमा ७५४ रुपैयाँ घाटा रहेको छ ।

‘बढेको मूल्यपछि पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ३५ करोड रुपैयाँ घाटा छ,’ कार्यकारी प्रमुख थानीले भने, ‘यो मूल्य पूर्वाधार कर हटाएपछिको हो ।’

निगमका कार्यकारी निर्देशक थानीले भने मूल्यवृद्धि अझै हुनसक्ने संकेत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x