
चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरू नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरू रहेका छन् ।
क्रम्पटनले उपभोक्ताको आवश्यकताको अर्थपुर्ण सामाधान प्रदान गर्ने नवीन उत्पादनहरू निर्माण गर्दछ ।
क्रम्पटनका उत्पादनहरू भिन्न हुनुका साथै उपभोक्ताहरूलाई ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् ।
हनिकम्ब प्याड, वाईड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समय सम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।
साथै क्रोम नब र सजिलो सफाईको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरू, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्धितीय विशेषताहरू रहेका छन् ।
साथै क्रमटन का एयर कुलहरूमा १२ महिनाको वारेण्टी रहेको छ ।
क्रम्पटन ब्राण्डका एयर कुलरहरू चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. ले ल्याएको छ ।
क्रम्पटन ब्राण्डका थुप्रै अरु घरायसी उपकरणहरू पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो प्रेश विज्ञप्तीमा जनाएको छ ।