
दोर्दी खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) बुधवार (असार ८ गते) बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथामार्फत २ लाख १ हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले शेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका छन् ।
आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
दोर्दी खोलाले जेठ २६ गतेदेखि ३१ गतेसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।
जसमध्ये ५% अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।