जेठ २८, २०७९
१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् । बिहान ४ बजे उठ्ने, नित्...
काठमाडाैं | असार ९, २०७९
एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अलपत्र छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा जैविक फोहोरबाट ग्यास र मल उत्पादन गर्न भन्दै सीड नेपाल नामक संस्थाको टेक्निकल सपोर्टमा भारतबाट ल्याइएको पोर्टेबल बायो ग्यास प्लान्ट गट्ठाघरको सैनिक ब्यारेकअगाडि १० वर्षदेखि अलपत्र परेको हो ।
नेदरल्यान्ड्सको टेक्नोलोजी जडित यो मशिनले तरकारीजन्य कुहिने फोहर, भान्छाबाट निस्कने अन्य प्रकृतिका कुहिने फोहर र मिठाइ पसलको फोहोरबाट दैनिक ५ केजी ग्यास उत्पादनका गर्ने गरी सन् २०१० मा स्थापना भएको थियो । मशिन २ वर्षमात्र सञ्चालन भएर अलपत्र परेको हो ।
दैनिक २०० केजी कुहिने फोहोरबाट ५ केजी ग्यास र मल उत्पादन गर्ने क्षमता यो प्लान्टको छ । ठूला होटल, अस्पताल तथा तरकारी बजारहरूमा यस्ता मशिन राखेर फोहोर व्यवस्थापनको समस्या केही हदसम्म कम गर्ने विकल्प हुनसक्थ्यो ।
शुरूमा यही प्लान्टबाट उत्पादित ग्यास उक्त कार्यालयमा खाना, खाजा र चिया बनाउनका लागि प्रयोग गर्ने गरिएको थियो ।
'करीब २ वर्ष जति सञ्चालनमा आयो। मशिन सञ्चालनका लागि भनेर थ्री फेज लाइन पनि तान्यौं, तर तत्कालीन समयमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुँदा मशिन चल्न सकेन । यसरी एक दिन, दुई दिन गर्दागर्दै हप्तौंसम्म बन्द हुँदा मशिनमा समस्या देखिन थाल्यो। यस्तो समस्या धेरै भएपछि मशिन ब्लक हुन पुग्यो र बन्द भयो,' मध्यपुर ठिमी नगरपालिकास्थित सामुदायिक विकास सरसफाइ र गैसस समन्वय शाखाका प्रमुख तुलसीभक्त तकुले लोकान्तरसँग भने।
भारतबाट मेकानिक झिकाउँदा पनि मर्मत हुन नसकेको उनले जानकारी दिए ।
'मर्मत गरेर सञ्चालन गर्नका लागि भनेर भारतको पुनेबाट टेक्निसियन झिकायौं, तर पूरै मशिन खोल्न पर्ने र समान पनि उतै (भारतमा) मात्र पाइने भनेर उहाँहरू यत्तिकै फर्किनुभयो। त्यसपछि फेरि सम्पर्क हुन सकेन ।'
भन्सार छुटमा ल्याइएको यो मशिनका लागि १७ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
अहिले सामान्य खर्चमा मर्मत हुने भए मर्मत गरेर सञ्चालन गर्ने र सामान्य हिसाबले मर्मत गर्न नसकिएमा युनिभर्सिटीमा टेक्निकल विषय अध्ययनरत विद्यार्थीलाई प्राक्टिकलका लागि उपलब्ध गराउने विषयमा छलफल भइरहेको तकुको भनाइ छ ।
हेर्नुहोस्, भिडियो :
१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् । बिहान ४ बजे उठ्ने, नित्...
गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । ...
बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए । उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बन...
कपिलवस्तुकी निमा सारू मगर माइक्रो बसको झ्यालबाट ‘आउनुहोस् बुटवल, ४ नम्बर, चन्द्रौटा, कृष्णनगर’ भनेर कराउँदै यात्रुलाई बोलाउँछिन् । गाडी चढ्ने/ओराल्ने स्टपमा बस रोकिने बित्तिकै शान्ता मल्ल यात्रुलाई कहाँ...
सुर्दशन घिमिरे [ पर्यटक गाइड हुन् ।] नेपाल सुन्दर प्रकृतीले भरिपूर्ण देश हो । विभिन्न रमणीय क्षेत्र र हिम श्रृङ्खलाले नेपालई विश्वमा नै चिनाएको छ । विश्वका ८ हजार भन्दा माथिका अग्ला ८ वटा हिमाल नेपालमा न...
नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...