
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने बताएको छ । उक्त अफर भोलि (शुक्रवार) १ दिनको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन ।