![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Dollar_IVPgRYbRAf.jpg)
नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।
यस दिन अमेरिकी डलरको खरिद दर १२६.३९ रुपैयाँ र बिक्री दर १२६.९९ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघि बिहीवार अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको थियो ।
बुधवार अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च हो ।
मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको थियो ।
सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।
यस्तो छ आजको विदेशी सटही दर