३२ असार २०८३, बिहीबार

शेयर बजारमा हरियाली, १ सय ८२ कम्पनीको शेयर मूल्य बढ्यो

शेयर बजारमा हरियाली, १ सय ८२ कम्पनीको शेयर मूल्य बढ्यो

बुधवार शेयर बजारमा हरियाली आएको छ । 

यस दिन नेप्से परिसूचक ५९.५४ अंकले बढ्दै १ हजार ९८६.८२ विन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढ्दै ३८१.३७ विन्दुमा पुगेको छ । 

बुधवार १ सय ८२ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको भने घटेको नेप्सेले जनाएको छ । 

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ किस्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । 

नेप्सेका अनुसार बुधवार २ कम्पनीको शेयर मूल्यले सकारात्मक सर्किट कायम गरेको छ । 

यस्तै ३ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा पुगेको छ । 

उच्च मूल्यवृद्धिपछि सर्किट कायम गर्नेमा नेपाल फाइनान्स लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड रहेका छन् ।

यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.८२ प्रतिशत, सिटिजन्स मुचुअल फण्ड २ को शेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्टले सर्वाधिक बढी ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर किनबेच गरेको छ ।

यस्तै एनआईसी एसिया बैंकले ८ करोड ३३ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्