×

NMB BANK
NIC ASIA

अनैतिक र गैरकानूनी काम

छद्म नामबाट राजनीतिमा गभर्नर, विज्ञहरू भन्छन्– 'तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्छ'

असार २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छद्म नाममा एमाले राजनीतिमा सक्रिय रहेको भन्दै तीव्र आलोचना भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा एमालेले मंगलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारी, खोटाङ भन्ने नाम दोस्रो नम्बरमै राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको १० सदस्यीय विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नै भएको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म आलोचना भइरहेको हो ।


Advertisment
Nabil box
Kumari

गभर्नर हुनु अगाडिसम्म अर्थ विभागमा एमालेले उनको पूरा नाम नै राख्ने गरेको थियो ।

Vianet communication
Laxmi Bank

यसअघि सुरेन्द्र पाण्डे अर्थ तथा योजना विभाग प्रमुख हुँदा खोटाङ नै ठेगाना उल्लेख भएका महाप्रसाद अधिकारी सदस्य थिए ।


खोटाङबाट एमालेको अर्थ विभागमा सदस्य हुने हैसियत राख्ने व्यक्ति पनि अधिकारी भएको उनका समकक्षीहरू बताउँछन् ।

यसअघि पनि उनी नै उक्त विभागको सदस्यमा बसिसकेको र एमाले सरकारबाटै गभर्नर नियुक्त भएकाले पनि यसपटक एम अधिकारी महाप्रसाद नै भएको आशंकामा बल पुगेको छ ।

सामाजिक सञ्जालबाट उनको नाम सार्वजनिक भएपछि उनले त्यो समितिमा भएको नाम आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

एमालेका केही नेताले व्यक्तिगत रूपमा यसको खण्डन गरे पनि एम अधिकारी नाम गरेका व्यक्ति को हुन् भनेर खुलाउन सकेका छैनन् ।

अधिकारी गभर्नर भएकाले उनी कुनै राजनीतिक दलको सदस्य हुन वा पदाधिकारीमा बस्न नमिल्ने व्यवस्था राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ले गरेको छ ।

ऐनविपरीत दलको सदस्य वा पदाधिकारी भएमा पदमुक्त हुने व्यवस्था पनि ऐनमा स्पष्टसँग उल्लेख गरिएको  छ। 

राजनीतिक विश्लेषक हरि रोकाले देशकै ठूलो दलको अर्थ विभागमा नियुक्त भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई बधाई दिएका छन् । रोका पनि खोटाङकै हुन् ।

खोटाङको एमाले राजनीतिमा महाप्रसादबाहेक अर्थ विभागको सदस्य हुने हैसियतको कुनै पनि एम अधिकारी अस्तित्वमा नरहेको दाबी उनले गरे ।

‘यसअघि पनि उहाँ सोही विभागको सदस्य हुनुहुन्थ्यो,’ रोकाले भने, ‘अहिले गभर्नर बनेपछि छोटकरी नाम राखेको पाइयो ।’

रोकाले थपे, ‘म आफैं एमालेको खोटाङ जिल्ला सचिव भएर १० पार्टी चलाएको व्यक्ति हुँ । गभर्नर अधिकारी आफ्नै गाउँठाउँको भएकाले राम्रो चिनजानकै मित्र हुन् । एम अधिकारी उनै गभर्नर भएकाले मैले बधाइसमेत दिइसकेको छु ।’ 

आफू कानूनको विद्यार्थी नभएकाले गभर्नर पार्टी कमिटीमा बस्न हुन्छ कि हुन्न भन्ने कुरा भने आफूले भन्न नसक्ने उनको प्रतिक्रिया छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर अधिकारी यसअघि पनि एमालेको अर्थ विभागमा सदस्य रहेकाले अहिले पनि उनैलाई राखिएको हुनसक्ने बताए ।

यो नितान्त गैरकानूनी काम भएको उनको टिप्पणी छ । ‘राष्ट्र बैंकको गभर्नरलाई ऐनविपरित राजनीतिमा सक्रिय हुने कुनै अधिकार छैन । नेपालको राजनीतिमा नैतिकता नदेखाउने नेताहरूकै सिको गरेर पदमा पनि बस्ने र राजनीति पनि गर्ने छूट गभर्नरलाई छैन,’ उनले भने ।

क्षेत्रीले थपे, ‘देशमा राजनीतिक नियुक्तिका व्यक्तिलाई नैतिकता हुन्छ भन्ने कुरा त गर्न पनि गाह्रो हुन थालिसकेकाले होला अर्थतन्त्रको जिम्मा लिने निकायकै प्रमुख नै खुला राजनीतिमा सक्रिय भएको देखिएको छ । यो उचित हैन ।’

सार्वजनिक रूपमा बाहिर देखिएको यस्तो विषयमा सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने भनाइ क्षेत्रीको छ ।

स्पष्टीकरणको मौका दिएर छानबिन गर्न र थप प्रमाणले जे देखाउँछ त्यहीअनुसार कारवाही पनि क्षेत्रीले सुझाव दिए ।

यस्तै पूर्व सचिव तथा ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्व अध्यक्ष खेमराज रेग्मी पनि सरकारी निकायमा रहँदा पार्टीको सदस्य हुनु गैरकानूनी र अनैतिक भएको तर्क गर्छन् ।

उनले भने, ‘राजनीतिक पार्टीको पदमा बस्ने हो भने गभर्नरको पद छाड्नुपर्छ होइन भने आफू राजनीतिक दलमा नभएको जवाफ प्रमाणसहित चित्तबुझ्दो गरी दिनुपर्छ ।’

अधिकारीले जवाफ दिन नसक्ने हो भने सरकारले यही अभियोग लगाएर निलम्बन गर्ने र तत्कालै कारवाही गर्नुपर्ने सुझाव पूर्व सचिव रेग्मीको छ ।

कुनै पनि पार्टीको कार्यकर्तालाई राज्यको ढुकुटीमा राखिरहन नहुने उनको तर्क छ ।

गभर्नर अधिकारीकै कारण अर्थतन्त्रले पछिल्लो समय असहजता भोग्नुपरेको आरोप लागिरहेको छ । 

अर्थतन्त्र संकटोन्मुख भएको बेला पुनरकर्जा ह्वारह्वारती बाँड्ने र ब्याज अनुदानका नाममा ढुकुटीबाट व्यवसायीलाई पैसा बाँड्ने काम गरेको आरोप अधिकारीमाथि लागेको छ ।

राष्ट्र बैंकले सहुलियत कर्जामा ब्याज अनुदानका नाममा १५ अर्ब रुपैयाँ बाँडेको छ ।

कोभिडपछि राष्ट्र बैंकले गत आव २०७७/७८ मा १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ र चालू आवको ११ महिना (जेठ)सम्ममा १ खर्ब १५ अर्ब  ७० करोड रुपैयाँ सहुलियत कर्जाका नाममा नयाँ पैसा छापेर बजारमा पठाइसकेको छ । बजारमा पुनरकर्जासहित दुई वर्षमा छापेरै पठाएको नयाँ नोट करीब ३ खर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन सुविधाका लागि ल्याएको प्याकेजबाट पुनर्कर्जासम्बन्धी कार्यविधि ल्यायो । यसबाट राष्ट्र बैैंकको कोषमा भएभन्दा पाँच गुणासम्म बढी रकम ह्वारह्वार्ती बाँडेकै कारण अर्थतन्त्र अहिलेको सङ्कटोन्मुख अवस्थामा पुगको राष्ट्र बैंककै पूर्व कर्मचारीको दाबी छ । 

गभर्नरले महामारी न्यूनीकरणपछि मूल्यांकन विना नै खर्चेको यस्तो रकमकै कारण अर्थतन्त्र थप जटिल बन्न पुगेको ती पूर्व कर्मचारीको दाबी छ ।

त्यसो त अधिकारीलाई सरकारले २४ चैतमा छानबिन गर्न भन्दै निलम्बन गरेको थियो ।

सरकारको निलम्बनविरुद्ध अदालतबाट ६ वैशाखमा अन्तरिम आदेश ल्याउन सफल भएका अधिकारी आफ्नो सम्बन्धमा उठेको गम्भीर नैतिक प्रश्नमा चुपचाप छन् ।

अधिकारीमाथि नियामक निकायमा बसेर दर्जनौ संस्थाको शेयर थुपारेर आरोप पनि लागेको छ । अधिकारी नियामक संस्थामा पुगेपछि आफूसँग भएको शेयरको बारेमा कुनै प्रतिक्रिया नदिई चुपचाप बसिरहेका छन् । 


अधिकारीले नै मौद्रिक नीतिमार्फत शेयर बजारलाई खुम्च्याउने काम गरेको भन्दै शेयर लगानीकर्ता असन्तुष्ट छन् ।

शेयर लगानीकर्ताले गभर्नर अधिकारीको राजीनामा मागेर लामो समयदेखि आक्रोश पोखिरहेका छन् ।

पछिल्लो समय एमालेको अर्थ विभाग सदस्य भएपछि अधिकारीमाथि शेयर लगानीकर्ता फेरि खनिन थालेका छन् । 

शेयर लगानीकर्ताले राष्ट्र बैंकको गभर्नर पदमा बसेर राजनीतिक पार्टीको कार्यकर्ता हुनु गैरजिम्मेवार काम भएको र कानूनविपरीत अब पदमा बसिरहन नमिल्ने भन्दै उनीविरुद्ध आन्दोलन गर्ने बताएका छन् । 

बुधवार संसद्मा पनि गभर्नर अधिकारीलाई तत्कालै निलम्बन गरेर छानबिन गर्नुपर्ने आवाज उठेको छ । 

सांसदहरूले गभर्नरले राजनीति गरेको र पार्टीको कार्यकर्ता भएर काम गरेको भन्दै कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x