
सनराइज बंैकले कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले बुधवार एक कार्यक्रमका बीच लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई स्कुल ब्याग सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए ।
बैंकले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरेको थियो ।