२४ असार २०८३, बुधबार

केएल दुगड समूहकोे ज्ञान मखाना बजारमा

केएल दुगड समूहकोे ज्ञान मखाना बजारमा

केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।

केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरू लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ । 

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएको दुगड समूहले बताएको छ । 

लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको दुगड समूहको दावी छ । 

दुगड समूहका अनुसार उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ । 

मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ ।  यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको दुगड समूहले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्