
आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्ति र एआईजी बढुवासँग सम्बन्धित सबै रिट शुक्रवार खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले लोकान्तरलाई जानकारी दिए ।
सरकारले वरीयता मिचेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसका साथै एआईजी बढुवामा वरीयता मिचेको भन्दै ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट पनि सर्वोच्चले खारेज गरिदिएको छ ।