
काठमाडौं, १० साउन — प्रत्येक व्यक्तिलाई आफ्नो राम्रो वा नराम्रो कर्मको फल उसको भाग्यका रूपमा प्राप्त हुन्छ । हिन्दू धर्मशास्त्र अनुसार व्यक्तिले राम्रो कर्म गरेर नै भाग्य बदल्न सक्छ । भाग्य ईश्वरले रच्ने होइन, मानिसले नै रच्ने हो । हामी जस्तो कर्म गर्छौं, भाग्य त्यस्तै हुन्छ ।

ज्योतिषका केही विशेष उपाय अपनाएर पनि भाग्य परिवर्तन गर्न चाहिँ सकिन्छ । भाग्यलाई आफैंले पूरै बदल्न त हामी सक्दैनौं तर केही हदसम्म बदल्न त सक्छौं ।
बिहेपछि कन्याको बिदाइका बेलामा एउटा लोटामा गंगाजल, अलिकति बेसार, एउटा पहेंलो सिक्का लिएर कन्याको शिरमाथि सातचोटि घुमाएर उसका अगाडि फ्याँकिदिनुस् । उसको वैवाहिक जीवन सुखी हुन्छ ।
कन्याले बेसारको बोटको सातवटा साबुत गाँठा, पित्तलको एक टुक्रा अनि अलिकति सक्खर लिएर ससुरालीतर्फ फ्याँकिन् भने ससुरालीमा सुख पाउँछिन् ।
कालो मासको सातवटा साबुत गेडामा हरियो मेहेन्दी दलेर दुलाहा दुलहीको घरतर्फ फ्याँक्दा दुवैका बीच प्रेम बढ्छ र दुवै सुखी रहन्छन् ।
बारम्बार दुर्घटना भइरहेको छ भने शुक्लपक्षको पहिलो मंगलवार ४०० ग्राम दूधले चामल धोएर बगिरहेको खोला वा झरनामा बगाइदिनुस् । यो उपाय लगातार सात मंगलवार गर्नुस्, दुर्घटना बन्द हुन्छ ।
पुरानो रोग ठीक भएको छैन भने गोमती चक्र लिएर एउटा चाँदीको डोरोमा उन्नुस् र पलंगको टाउकोपट्टिको भागमा बाँध्नुस् । रोग हराउँछ । 
कुनै असाध्य रोग लागेको छ र औषधिले काम गरिरहेको छैन भने पीडित व्यक्तिको सिरानीमा राति एउटा तामाको सिक्का राख्नुस् र बिहान यो सिक्का श्मशानघाटमा फ्याँक्नुस् । औषधिले काम गर्न थाल्छ र थप उपचारपछि रोग पनि ठीक हुन्छ ।
घरमा लक्ष्मी माताले स्थायी वास गरून् भन्ने चाहनुुहुन्छ भने एउटा फलामको भाँडोमा जल, चिनी, दूध र घिउ हाल्नुस् । त्यसलाई पीपलको रुखको छायाँमुनि उभिएर पीपलको जरामा दिनदिनै हाल्नुस् । यसले गर्दा घरमा लक्ष्मीको स्थायी वास हुन्छ ।