११ असार २०८३, बिहीबार

त्रिवि परिसरमा जारी अनसनप्रति अन्य विद्यार्थी संगठनहरूकाे ऐक्‍यबद्धता

त्रिवि परिसरमा जारी अनसनप्रति अन्य विद्यार्थी संगठनहरूकाे ऐक्‍यबद्धता

त्रिभुवन विश्वविद्यालय परिसरमा जारी आमरण अनसनप्रति सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्तलगायतका विद्यार्थीहरूले शुरू गरेको अनसनप्रति अन्य संगठनहरूले पनि ऐक्यबद्धता जनाएका हुन् । 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौँलगायतका विद्यार्थी संगठनहरूले आइतवार विज्ञप्ति जारी गर्दै आमरण अनसनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
ती विद्यार्थीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय प्रशासन समस्या समाधान गर्नु भन्दा बेथितिलाई संस्थागत गर्न मै उद्धत देखिएको आरोप लगाइएको छ । ‘विश्वविद्यालयको जिम्मेवारी लिएका उपकुलपतिलगायतका पदाधिकारी विश्वविद्यालय र विद्यार्थीहरूका समस्याप्रति उदासीन र लाचार हुनुले विश्वविद्यालयको सम्पूर्ण साख र गरिमा माथि नै प्रश्न उठाएको छ’, विज्ञप्तिमा भनिएको छ । उनीहरूले अनसनरत विद्यार्थी नेताहरूको जीवन रक्षाको माग पनि गरेका छन् । 

नेकपा एसनिकट विद्यार्थी नेताहरू त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथिति सुधारको माग गर्दै ६ दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्