१९ असार २०८३, शुक्रबार

सोमवार तोलामा ४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

सोमवार तोलामा ४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमवार तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन आइतवारको तुलनामा सोमवार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । 

सोमवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्