०५ साउन २०८३, मंगलबार

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक  र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकहरूले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, बिद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न तथा १ हजार ५ सयभन्दा बढी मर्चेन्टहरूमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

 हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएसमा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अबदेखि क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्न बैंकले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्