२० असार २०८३, शनिबार

सुनको मूल्य तोलामा हजार रुपैयाँले कम

सुनको मूल्य तोलामा हजार रुपैयाँले कम

नेपाली बजारमा बिहीवार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । बिहीवार अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीवार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुनको मूल्य बुधवार ९४ हजार रुपैयाँ कायम गरिएको थियो । 

त्यस्तै बिहीवार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जबकी बुधवार तेजावी सुन मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बिहीवार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ थियो । 

salt training

कमेन्ट गर्नुहोस्