
फोटोन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने भएको छ ।
नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने तयारी भइरहेको जनाएको हो ।
नेपालमा इन्धनको मूल्यमा भएको बृद्धिको वर्तमान अवस्थामा रहेको अवस्थामा फोटनलाई नेपालभर कार्गो र यात्रुवाहक ईभी भ्यानका सम्भावित वितरकका रूपमा लिनु उपभोक्ताका लागि मूल्यवान हुने समेत कम्पनीको भनाइ छ ।