२२ असार २०८३, सोमबार

भारतमा कोरोना संक्रमण दर बढ्दैः एकैदिन थपिए २० हजार नयाँ संक्रमित

साउन १४, २०७९
भारतमा कोरोना संक्रमण दर बढ्दैः एकैदिन थपिए २० हजार नयाँ संक्रमित

भारतका कोरोना भाइरसको संक्रमण दर उच्च देखिएको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर निकै तीव्र गतिमा बढेको हो । भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 

सरकारी अधिकारीहरूले शनिवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ कोराना भाइरस संक्रमितहरू थपिएका हुन् । पछिल्लो दिनको आँकडाले भारतमा कोरोना महामारीको अर्को चरण शुरू हुने देखिएको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार ३८४ जना रहेको मन्त्रालयलको तथ्यांकले देखाएको छ । 

भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । संक्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्