बलिवुड अभिनेता राजकुमार रावले मुम्बईमा घर किन्ने सपना पूरा गरेका छन् । उनले हालै मुम्बईमा शानदार अपार्टमेन्ट खरिद गरेर आफ्नो सपना पूरा गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले मुम्बईको जुहुमा रहेको अपार्टमेन्ट ४४ करोड भारतीय रुपैयामा खरिद गरेका छन् । राजकुमारले भारतीय अभिनेत्री जान्ह्वी कपुरसँग उक्त अपार्टमेन्ट किनेका हुन् । उक्त अपार्टमेन्ट ३ हजार ४५६ स्क्वायर फिटमा फैलिएको छ । यसको मूल्य १ लाख २७ हजार प्रतिस्क्वायर फिट परेको छ ।
यो भारतको सबैभन्दा महँगो डिल मध्येको एक भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
राजकुमार र जान्ह्वीले फिल्म ‘रुही’मा सँगै काम गरिसकेका छन् । उक्त फिल्मको उनीहरू ‘केमेस्ट्री’ जमेको देखिएको थियो । अपार्टमेन्ट किनेपछि आफू निकै खुशी भएको राजकुमारले प्रतिक्रिया दिएका छन् । जान्ह्वीलाई पनि अपार्टमेन्ट बेचेर ५ करोड फाइदा भएको छ ।
जान्ह्वीले उक्त अपार्टमेन्ट २ वर्ष पहिले किनेकी थिइन् । उनले २०२० डिसेम्बरमा उक्त अपार्टमेन्ट ३९ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन् । उक्त अपार्टमेन्ट बलिवुडका चर्चित निर्माता आनन्द पण्डितले बनाएका थिए । उक्त बिल्डिङलाई ‘लोटस आर्या’ भनेर चिनिन्छ । उक्त बिल्डिङमा अन्य भारतीय सेलेब्रेटीहरू पनि बस्ने गरेको बताइन्छ ।