×

NMB BANK
NIC ASIA

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

साउन १५, २०७९

NTC
Premier Steels

शिवम् सिमेन्टले निर्माणकर्मीहरूको दुर्घटना बीमावापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । पछिल्लो पटक शिवमले दुई जनाकाे परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।

Muktinath Bank

निर्माण कार्यमा संलग्न भएको बखत दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा हस्तान्तरण गरिएको हो । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमावापतको रकम हस्तान्तरण गरेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवमले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजारभन्दा बढी निर्माणकर्मीहरूको प्रतिव्यक्ति ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरिदिएको थियो । कम्पनीले समय–समयमा  निर्माणसम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । 


Advertisment
Nabil box
Kumari

सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबीवापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घर–घरमा नै गएर शिवम् सिमेन्टका प्रतिनिधिहरूले हस्तान्तरण गर्ने गरेका छन् ।

Vianet communication

निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यमा संलग्न हुन्छन् । उक्त जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हाे । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । 

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत पर्ने संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरूका निर्माणकर्मीहरूको बीमा गराएको छ । 

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको को मामलामा नो कम्प्रमाइज’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेड आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले सिमेन्ट उत्पादक कम्पनीहरूमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । 

देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित भएको थियो ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ बाट हेटौँडामा अत्याधुनिक जर्मन प्रविधी प्लान्ट जडान गरेको थियो । शिवम्ले उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ । 

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x