
शिवम् सिमेन्टले निर्माणकर्मीहरूको दुर्घटना बीमावापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । पछिल्लो पटक शिवमले दुई जनाकाे परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।
निर्माण कार्यमा संलग्न भएको बखत दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा हस्तान्तरण गरिएको हो । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमावापतको रकम हस्तान्तरण गरेको थियो ।
शिवमले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजारभन्दा बढी निर्माणकर्मीहरूको प्रतिव्यक्ति ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरिदिएको थियो । कम्पनीले समय–समयमा निर्माणसम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबीवापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घर–घरमा नै गएर शिवम् सिमेन्टका प्रतिनिधिहरूले हस्तान्तरण गर्ने गरेका छन् ।
निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यमा संलग्न हुन्छन् । उक्त जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हाे । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत पर्ने संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरूका निर्माणकर्मीहरूको बीमा गराएको छ ।
‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको को मामलामा नो कम्प्रमाइज’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेड आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले सिमेन्ट उत्पादक कम्पनीहरूमध्ये पहिलो स्थानमा रहन सफल भएको छ ।
देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित भएको थियो ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ बाट हेटौँडामा अत्याधुनिक जर्मन प्रविधी प्लान्ट जडान गरेको थियो । शिवम्ले उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।