३२ असार २०८३, बिहीबार

सूर्य संग्रौला विपी प्रतिष्ठानको रजिष्टारमा नियुक्त

सूर्य संग्रौला विपी प्रतिष्ठानको रजिष्टारमा नियुक्त

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा सूर्य संग्रौला नियुक्त भएका छन् । उनी कांग्रेस सांसद डिला संग्रौलाका पतिसमेत हुन् । 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।  प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले विवादमा परेपछि २०७८ भदौ ११ गते राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत भएको थियो । त्यसयता सोे पद खालिरहेको थियो । 

संग्रौला पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रक हुँदा विवादित बनेका थिए । 

प्रधानमन्त्री शेर बहादुर देउवानिकट रहेकी डिला संग्रौला मन्त्री बन्ने दौडमा थिइन । उनले मन्त्री पद नपाएपछि देउवासँग श्रीमानलाई रजिष्टार नियुक्त गर्न दबबा दिएकी थिइन् । स्वास्थ्यमन्त्री खापुङले प्रधानमन्त्री देउवाको दबाबमा संग्रौलालाई नियुक्त गरेको बताइएको छ । 

यसैगरी  प्रतिष्ठानको अस्पताल निर्देशकमा डा.जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए । उनी कुलपति डा. गिरीको कोटाबाट अस्पतालको निर्देशक पदमा नियुक्त भएको बताइएको छ । जगतले गिरीलाई साथ दिँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्