चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
साउन १६, २०७९
ललितपुर इमाडोलकी शान्ति महर्जन छोरीको नाममा मासिक बचत गरेको पैसा झिक्न सोमवार बिहानै कुलेश्वरमा रहेका गौतमश्री सहकारी पुगेकी थिइन् । एक वर्षे मुद्दती निक्षेपमा राखेको ९ लाख रुपैयाँ अवधि पुगेपछि उनी पैसा निकाल्न गएकी थिइन् । तर, उनले आफ्नो पैसा निकाल्न पाइनन् ।
उनी पुग्दा सहकारीमा ताला लागिसकेको थियो । ४ दिन अगाडि नै सञ्चालक भागेपछि छोरीको पढाइ खर्चको पैसा निकाल्न गएकी महर्जन रित्तो हात फर्किनुपर्यो । घरव्यवहार चलाउँदै सिलाइ–कटाई गरेर कमाएको पैसा डुब्यो भन्दै उनी कुलेश्वरबाट सिधैं सहकारी विभागमा उजुरी दिन पुगिन् ।
सोमवार बिहान नागरिकता र बचत गरेको रकमको स्लिप लिएर विभाग पुगेकी महर्जन पैसा फिर्ता नै पाइँदैन कि भन्नेमा चिन्तित पनि थिइन् । सरकारले सञ्चालन अनुमति दिएर सहकारी चलेकोले आफ्नो पैसा पनि सरकारकै पहलमा फिर्ता पाइने उनको अपेक्षा छ ।
ताहाचलमा सामान्य फर्निचरको काम गर्ने मचान महर्जन परिवारको पनि गौतमश्रीमा ५ वटा खाता थियो । सहकारीमा उनको परिवारको सवा लाख रुपैयाँ जति जम्मा भएको थियो । एउटा खातामा १५ सय, अर्कोमा ९ हजार र अरु २ वटा खातामा ४० देखि ५९ हजार रुपैयाँ जम्मा गरेका थिए । दुःखले कमाएर जम्मा गरेको पैसा राख्ने र झिक्ने गरिरहेका महर्जनसँग एक सातादेखि बचत संकलन गर्न सहकारीका कर्मचारी आएनन् । उनको परिवारले सोमवार बिहानमात्रै सहकारीका सञ्चालक भागेको थाहा पाए । उनी पनि आफ्नो मेहनतको कमाइ डुबेको भन्दै फिर्ता दिलाइदिन सहकारी विभागमा निवेदन दिन पुगेका छन् ।
भक्तपुर घर भएकी एक महिलाले मलेसियाबाट भिनाजुले सुरक्षा गार्ड गरेर कमाएको ९ लाख रुपैयाँ यही सहकारीको मुद्दती बचतमा राखेकी थिइन् । ‘दिदीले राम्रो ब्याज आउने ठाउँमा राखिदिनु भनेकोले बैंकमा भन्दा सहकारीमा धेरै प्रतिफल पाइने आशामा पैसा राखेकी थिएँ’, उनले भनिन् । सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी बन्द भएको उनले ६ दिनपछि मात्रै थाहा पाइन् । सहकारी सञ्चालक भागेपछि अब दिदीलाई के फिर्ता गर्ने र भिनाजुको पसिनाको मूल्य कसरी तिर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।
सोमवार दिउँसो क्षेत्रपाटीमा फर्निचर सञ्चालन गर्दै आएका रामेश्वर तिवारी सहकारी विभागमा बचत फिर्ताको माग गर्दै उजुरी दिन आइपुगे । उनले जग्गा बेचेको २० लाख रुपैयाँ गौतमश्री सहकारीमा ४ महिना अगाडि मात्रै मुद्दती निक्षेपमा राखेका थिए ।
सहकारी विभागमा सोमवार बिहान भेटएका यी चार प्रतिनिधि पात्र मात्रै हुन् । सहकारीमा हजारदेखि करोडसम्म राख्ने बचतकर्ता पनि छन् । काठमाडौंकै श्यामलाल, सुमित्रा, सामिला र रेवन अम्वादे परिवारले उक्त सहकारीमा ५ करोड रुपैयाँ बचत गरेका थिए । उक्त रकम दिलाइपाउँ भन्दै अम्वादे परिवारले आइतवार नै विभागमा उजुरी दिइसकेका छन् ।
गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएको भन्दै दुई दिनमै करीब ११ सय बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् । विभागमा शुक्रवार र आइतवार मात्रै १ हजार ७५ जनाले करीब डेढ अर्ब रुपैयाँ बचत फिर्ता गराइदिन माग गर्दै उजुरी दिएका थिए । उजुरी दिने क्रम जारी गरहेकोले सोमवारसम्ममा ११ सय नाघेको सहकारी विभागले जानकारी दिएको छ ।
कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको र विभिन्न स्थानमा सेवा केन्द्र तथा डिपार्टमेन्ट स्टोरसम्म सञ्चालन गरेको यो सहकारीका सञ्चालक ११ साउनदेखि सम्पर्कविहीन छन् । सञ्चालक भागेपछि सहकारीका बचतकर्ता ‘बचत फिर्ता दिलाइपाउँ’ भन्दै सहकारी विभागमा पुगेरै उजुरी दिइरहेका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम हुन् ।
बचतकर्ताको पैसा फिर्ता दिलाउने प्रयास गर्दै सहकारी विभाग
सहकारी विभागले बचतकर्ताले बचत रकम फिर्ता दिलाउने प्रयास शुरू गरिसकेको जानकारी दिएको छ । विभागले आवश्यक अध्ययन गर्ने र सहकारीको सम्पत्ति बिक्री वा नयाँ सञ्चालकबाट सहकारी चलाउन सक्ने विषयको टुंगो लगाउने भएको छ ।
विभागका प्रवक्ता टोलराज उपाध्यायका अनुसार आइतवार एकैदिन एक हजारको संख्यामा उजुरीकर्ता विभागमा आएका थिए । सहकारीविरुद्ध उजुरी पर्नासाथै आइतवार नै सहकारी विभागले सञ्चालकको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।
यो सहकारी बन्द गरेर सञ्चालक खोज्न र सहकारीको सुरक्षा गर्न नेपाल प्रहरीलाई पत्र लेखिसकिएको छ भने पीडित बचतकर्ताबाट प्राप्त उजुरी, निवेदनका आधारमा विभागले थप आवश्यक कारबाही गर्न ३ दिनभित्र सम्बन्धित निकायलाई सिफारिस गर्ने उपाध्यायले बताए ।
उनका अनुसार बचतकर्ताको उजुरीपछि थप अध्ययन गर्ने काम शुरू भइसकेको छ । बचतकर्ताको हित हेरेरै सहकारी समस्याग्रस्त घोषणा गर्नुपर्ने वा नयाँ सञ्चालकबाट चलाउनसक्ने अवस्थाको बारेमा अध्ययन शुरू गरिएको उनले बताए ।
अहिले संकटको अवस्था र उजुरीकर्ताको संख्या हेर्दा नयाँ सञ्चालक समिति बनाएर सहकारी चलाउन सक्ने अवस्था देखिँदैन । सहकारीको अध्ययन भइरहेकोले संकटग्रस्त घोषणा गरेर सहकारीको दायित्व राफ–साफको निर्णय हुन सक्ने पनि उपाध्यायले बताए ।
सहकारी अब चल्नै नसक्ने भए संकटग्रस्त घोषणा गर्न विभागले सिफारिस गर्ने छ । विभागको सिफारिसमा सहकारी व्यवस्थापन समितिले ‘संकटग्रस्त’ घोषणा गर्ने प्रावधान छ । समितिले हालसम्म १२ वटा सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरिसकेको छ । विभागले भने १४३ वटा सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गर्न सिफारिश गरेको थियो ।
समस्याग्रस्त सहकारी समितिले ३ हजार ५९ जना बचतकर्ताको १ हजार ६२४ वटा उजुरीका आधारमा हालसम्म १२ वटा सहकारीलाई मात्र ‘संकटग्रस्त’ घोषणा गरेको छ । यसबाट १ अर्ब १७ करोड ७ लाख ९० हजार ८८४ रुपैयाँको दाबी परेको छ ।
पछिल्लोपटक इच्छाराज तामाङले चलाएको सिभिल सहकारी र सुधीर बस्नेतको ओरियन्टल सहकारीलाई पनि संकटग्रस्त घोषणा गरिएको थियो । तर, ओरियन्टललाई सर्वोच्चको आदेशले ‘चलाउनू’ भन्ने आदेश दिएको छ । तर, यो सहकारी न सञ्चालन हुन नसकेको छ न त बचतकर्ताको रकम फिर्ता गर्न नै सकेको छ । सिभिलका सञ्चालक तामाङ कारागारमा रहेका कारण उक्त सहकारीका बचतकर्ताले पैसा फिर्ता पाएका छैनन् ।
१५ जना सञ्चालकहरूकाे खाता रोक्का
सहकारी विभागको पत्रलगत्तै नेपाल राष्ट्र बैंकले गौमश्री सहकारीका अध्यक्षसहित १५ जनाको खाता रोक्का गरेको छ । सहकारीमा उपाध्यक्ष गौतमकी श्रीमती निर्मला खत्री, सचिव राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गौतम, शन्तोषी केसी, भगवती थापा र सुभास भुसाल छन् । सहकारीको लेखा समिति संयोजक सुनिता तिमिल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी छन् । सहकारीको व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम र लेखापाल सुनिता सिंहको पनि खाता रोक्का गरेर अनुसन्धान शुरु गरिएको बैंकले जनाएको छ ।
सहकारीका अध्यक्ष सम्पर्कविहीन भएकोले संस्था बन्द हुने र संस्थाको सम्पत्तिको सुरक्षा पाउँ भन्दै सहकारीका व्यवस्थापक रविन विष्टले प्रहरी प्रधान कार्यालयसमक्ष निवेदन पनि दिएका छन् । उनले १३ असारमै यस्तो निवेदन दिएको फेला परेको छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...