०१ साउन २०८३, शुक्रबार

कोशी अस्पतालको एचडीयू वार्ड बन्द

कोशी अस्पतालको एचडीयू वार्ड बन्द
फाइल तस्बिर

स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालमा कार्यरत ४१ जना कर्मचारीको करार नवीकरण नगर्दा एचडीयू वार्ड बन्द भएको छ । १९ जना मेडिकल अधिकृत चिकित्सक र १९ जना स्टाफ नर्ससहितको करार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवीकरण नगर्दा साउनदेखि सेवा बन्द भएको हो । 

मन्त्रालयको असार ३१ गतेको सचिवस्तरीय बैठकले कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरूमा सञ्चालनमा आएका स्थानीय तहका (कोभिड–१९) अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको करार सम्झौता थप नगर्ने निर्णय गरेको थियो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.यज्ञराज खरेलले आईसीयूसँगै रहेको १२ शय्याको एचडीयू वार्ड अहिले बन्द भएको बताए ।  आईसीयूमा राखेका विरामीको स्वास्थ्यमा केही सुधार भएपछि एचडीयूमा सारेर उपचार गर्ने गरिन्छ । 

एचडीयू वार्ड बन्द भएपछि महँगो पैसा तिरेर बिरामी निजी अस्पतालमा उपचार गराउन बाध्य हुने भएका छन् । जसको कोशी अस्पतालमा दैनिक १ हजार रुपैयाँ शुल्क तिर्नुपथ्यो । तर, निजी अस्पतालले भने  ३ देखि ६ हजार रुपैयाँसम्म लिने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्