२९ असार २०८३, सोमबार

‘हल्क’ बन्नका लागि यी व्यक्तिले लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

साउन २०, २०७९
‘हल्क’ बन्नका लागि यी व्यक्तिले लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । 

आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । 

जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । 

हालै ब्राजिलमा एक यस्तो घटना घटेको छ, जसले आफ्नो शरीरलाई आकर्षक बनाउन खोज्दा मृत्युको शिकार हुनुपरेको छ । 

ब्राजिलको एक बडिबिल्डर र टिकटक स्टार वाल्दिर सेगातोले मसल्स बढाउने दौडमा मृत्युको शिकार बनेका छन् । 

‘हल्क’ नामे परिचित ती ब्राजिलियन नागरिकले २३ इन्चको बाइसेप्स बनाउनका लागि एक खतरनाक आयल इन्जेक्सन लगाए । 

जसका कारण रिबेराओ प्रेटोमा ५५ औँ जन्मदिनको दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले बताएका छन् । 

डेली मेलका अनुसार, व्लादिरले २०१६ मा आफूलाई अझै धेरै बाइसेप्स चाहिएको बताएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्