२८ असार २०८३, आइतबार

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

ललितपुरको गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने  भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो । 

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनले नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर निःशुल्क खोपको व्यवस्था गरेको बताए । सो खोप गोदावरीका मात्र नभई अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए । 

स्वास्थ्य सेवा विभागको सहयोग, जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । उनले भने, ‘गोदावरीमा रेबिजबाट कोही पनि संक्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हाैँ ।’ यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र साताैँ दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्